• २०८३ असोज ४ गते आइतवार

सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने १ जना भारतीय नागरीक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने १ जना भारतीय नागरीक पक्राउ गरेको छ । प्रहरीले भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने वर्ष ३१ को मोहम्मद सालीमलाई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं। १४ कलंकीबाट पक्राउ गरेको हो ।

सालीमले बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी आफन्तलाई पठाई दिने धम्की दिई भेट्नको लागि बाध्य बनाई नेपालमा समेत आई होटलमा बोलाई भेट्न बोलाएका थिए । उक्त महिला भेट्न नगएपछि सालिमले उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एप मार्फत महिलाको आफन्तलाई पठाई पीडितको नामबाट नक्कली फेसबुक आईडि समेत बनाई उक्त आईडिमा अश्लिल फोटो पोष्ट गरी पीडित महिलाको चरित्र हत्या गरेका थिए । उनलाई कलंकीबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी दिन ७ को म्यादथप लिई थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्र.उ. दिनेश राज मैनालीले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस