भदौ २९, कैलाली । राष्ट्रिय बाल दिवसका अवसरमा लम्कीचुहा नगरपालिकाको लम्कीमा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । “सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नारा सहित लम्की बाल संजाल कैलालीले कार्यक्रमको आयोजना गरिएको हो ।

लम्कीचुहा नगरपालिकाका १२ सामुदायिक तथा संस्थापक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सहभागी बालकल्याण मा. वि भुरुवा प्रथम, उज्यालो शिक्षा सदन लम्की द्दिर्तिय र सरस्वती मावि भुरुवाले तेस्रो स्थान प्राप्त गरेका छन । लम्की बाल संजाल लम्कीका अध्यक्ष बिनोद थापाको सभापतित्वमा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।

लम्की बाल सन्जालका अध्यक्ष बिनोद थापाका अनुसार कार्यक्रममा विशिष्ट अतिथि युवा समाजसेवी राजबहादुर शाही, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति एवम् बालकल्याण मावि भुरुवाका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, लम्कीचुहा नगरपालिका महिला तथा बालबालिका शाखाका निर्मला पोखरेल, सेवक नेपाल कैलालीका दुर्गाप्रसाद ढुंगाना ,वातावरण संरक्षण समाज लम्कीका अध्यक्ष प्रवीण आचार्य, शिक्षक तिलक गडतोला, कृष्ण देवकोटा, शरला शर्मा अधिकारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो ,तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयहरुलाई ट्रफी, मेडल , प्रमाणपत्र वितरण गरिएको थियो । लम्की बाल संजाल लम्कीका सदस्य दिनेश नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन निर्मला बिकले गरेकी थिइन ।
