• २०८३ बैशाख १० गते बिहिवार

प्रहरीको घेरा तोडेर भागेका किशोर पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९,पर्सा। प्रहरीको घेरा तोडेर भागेका किशोरलाई पक्राउ गरिएको छ । अनुसन्धानका लागि थुनामा राखिएका १४ वर्षीय किशोर भदौ २२ मा उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जको शौचालयबाट भागेका थिए ।

चितवन महानगरपालिका–३ घर भएका किशोरलाई भदौ १६ मा प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । उनलाई डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र नुर्फिन ७ एम्पुल सहित पक्राउ गरिएको र बिरामी भएपछि स्वास्थ्य जाँच गर्न लैजाँदा भागेको जिप्रका पर्साका डिएसपी ओम प्रकाश खनालले रातोपाटीलाई बताए ।

सोमबार भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई पक्रेर लागु औषध मुद्दामा अनुसन्धान जारी राखिएको डिएसपी खनालले बताए । किशोर टिबीका बिरामी थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस