• २०८३ बैशाख ३१ गते बिहिवार

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, नवलपरासी (पूर्व) । देउचुलीबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । देवचुली नगरपालिका-१ कुनावास बस्ने बालकृष्ण लुङगेलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ४३ वर्षीय केदार काफ्ले सहित ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार १ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस