• २०८३ बैशाख ८ गते मङ्गलवार

चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, ३०  गुल्मी । चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कालीगण्डकी गाउँपालिका–७ भुर्तुङका ३६ बर्षीय पुरुष पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

बालिकालाई स्वास्थ्य परीक्षण गरी राखिएको प्रहरीले बताएको छ। ती पुरुषलाई आइतबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस