साउन ३०, काठमाडौ । नेपाल खेलकुद महासंघले प्रदेश नं १ का सामाजिक बिकास मन्त्री उषाकला राईसंग भेट गरि समसामयिक विषयमा छलफल गरेको छ । महासंघका कन्द्रिय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा भएको भेटमा खेल, खेलाडी र खेलमैदान एवम् प्रशिक्षकहरुको हक हित र अधिकार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
महासंघको पहलकदमीमा प्रदेश १ का खेलाडी तथा प्रशिक्षकहरुलाई कोभीड-१९ विरुद्धको खोपको व्यबस्था मिलाइदिने र क्रमिक रुपमा खेलाडीहरुको समस्यालाई समाधान गर्दे जाने मन्त्री उषाकला राईले प्रतिबद्दता दिनुभएको उपाध्यक्ष कटुवालले बताए ।
भेटघाट कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पौडेलको लगायत वरिस्ठ उपाध्यक्ष पर्शुराम बस्नेत , केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं १ का इन्चार्ज प्रभात बिक्रम कटवाल, सह इन्चार्ज सन्तोष बान्तावा राई, सचीव बासु नेपाल, स्थायी कमिटी सदस्य सन्तोशी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।