• २०८३ बैशाख ६ गते आइतवार

मंगलबारदेखि लागू हुनेगरी सार्वजनिक सवारीमा भाडा वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बुधबार विभागले सूचना जारी गर्दै २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर भाडा बढाएको जारी सूचनामा उल्लेख छ । विभागका अनुसार बढेको भाडादर असार २९ गतेदेखि लागू गर्ने निर्णय गरेको गरिएको थियो भने यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटामा चल्ने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत वृद्धि गरिएको हो ।

‘सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामशए समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा वृद्धि गरिएको हो,’ सूचनामा लेखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस