• २०८३ जेष्ठ १९ गते मङ्गलवार

लागूऔषध सहित काठमाडौंबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध ३ हजार ट्याब्लेट नाईट्राभेट, २ सय एम्पुल ब्रुप्रेनोर्फिन, २ सय एम्पुल डाईजेपाम र २ सय एम्पुल फेनारगन सहित बारा पचरौता नगरपालिका-२ ठेगाना भएका ४५ वर्षीय ललन गिरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ३२९५ नम्बरको बसलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ००८७ नम्बरको बसबाट १ हजार ५ सय ट्याब्लेट लागूऔषध नाईट्राजेपाम नाईट्राभेट मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त बसको र्‍याकमा वेवारिसे अवस्थामा झोलाभित्र रहेको उक्त लागूऔषध बरामद गरेको हो । साथै झोलाबाट १ थान मोबाईल र १ थान भारतीय नम्बरको सिमकार्ड समेत बरामद भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस