जेठ ३१, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह इ मा रहेको पोल्याण्ड र स्लोभाकियाबीच रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफमा स्लोभाकियाले अग्रता बनाएको छ । खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।