जेठ ३१, काठमाण्डौ । युरो कप फुटबलमा आज भएको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २-० गोलले हराएको हो ।

खेलको ४२ औं मिनेटमा प्याट्रिक शिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए । यस जितसँगै समूह डी को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।