जेठ ३१, नवलपरासी-पूर्व । कावासोती नगरपालिका(२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।