• २०८३ बैशाख ६ गते आइतवार

पछिल्लो चौबीस घण्टामा ६ हजार १३५ कोरोनामुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसगैं नेपालमा संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

https://khabar24nepal.com/05/14/2021/71223

Sharing

प्रतिक्रिया दिनुहोस