बैशाख ३१, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका आठ हजार ४६७ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा २० हजार ९४८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । सोही अवधिमा २०३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।