• २०८३ मङ्सिर १२ गते शुक्रवार

अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, एजेन्सी । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघेको छ । वल्ड्रोमिटरकाअनुसार अहिलेसम्म अमेरिकामा ३ करोड ४३ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा कारोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ५ लाख ४६ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, २ करोड २१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

११ हजार ३ सयभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकामा कोरोनाका कारण जनजीविकामा नै समस्या परेकाहरुका लागि बाइडेन प्रशासनले १९ खर्बको राहत प्याकेज ल्याएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस