• २०८३ असार १ गते सोमवार

कांग्रेस र मालेका दुई नेता प्रम ओली नेतृत्वको नेकपामा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, बुटवल। नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि तथा दाङ जिल्ला कमिटी सदस्य भेषराज खत्री प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओलीपक्षीय नेकपाका इन्चार्ज शंकर पोखरेलले खत्रीलाई आइतवार खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

त्यस्तै नेकपा मालेको केन्द्रीय सदस्य लीला विक पनि माले परित्याग गरी नेकपामा प्रवेश गरेको छ ।उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुजिता शाक्य, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसमेत उपस्थित रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस