माघ ०१, झापा । झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान(श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेका छन् ।

झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मेचीनगर नगरपालिका १३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायव उपरीक्षक थापाका अनुसार जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए ।