मंसिर २७, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् । पौडेलले संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा सहमति जुटन् नसकेपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए सगैं मतदानमा सहभागी नहुने घोषणा गरेका हुन ।

१३४ पदका लागि आज हुने चुनावमा पौडेल भने मतदान नगर्ने पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो । पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवालाई आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।