भदौ २८, काठमाडौं। इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएका छन् ।
परीक्षा ब्यबस्थित र मर्यादित गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागेको हो । बैदेशिक रोजगारीका लागि नेपाली कामदारको रोजाइमा इजरायल आकर्षक मुलुकमा पर्दछ ।
रोजगारीका लागि एक हजराको कोटा भएपनि ७ हजारले परीक्षा दिन लागेका छन् । परीक्षाका लागि ९ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन् ।
बैदेशिक रोजगारीका क्रममा जापान, कोरिया गइसकेका अधिकांश युवाहरुले फर्म भरेको बुझिएको छ । ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्र्तवार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ ।