• २०८३ बैशाख ६ गते आइतवार

आफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २९ काठमाडौं । थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रवार सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।

बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस