• २०८३ बैशाख २७ गते आइतवार

काठमाडौंमा एकै पटक चार क्षेत्रमा प्रधानन्यायाधिसको पुत्ला दहन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २९, काठमाडौं । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एकैपटक चार ठाउमा प्रधानन्यायाधिस चोलेन्द्र समशेर जवराको पुत्ला जलाइएको छ । मंगलबार साँझ काठमाडौंका क्षेत्र नं. आठको स्वयम्भु , नौको कलंकी, दशको विष्णुदेवी मन्दिर र गाेङ्गबु चाेकमा राँके जुलुससहित प्रधानन्यायाधिस जवराको पुत्ला जलाईएको स्थायी कमिटी सदस्य शिवकुमार महर्जनले बताउनु भयाे ।

उक्त राँके जुलुस प्रदर्शनको नेतृत्व काठमाडौं क्षेत्र नं ९ कलंकीमा राष्ट्रिय युवा नेपालका केन्द्रिय सचिव महाराज गुरुङले, क्षेत्र नं. १० मा स्थायी कमिटी सदस्य शिवकुमार महर्जनले र क्षेत्र नं. ८ मा केन्द्रिय सदस्य निसार उद्दिन र गाेङ्गबु चाेककाे स्थायी कमिटी सदस्य अमित पाैडेलले गर्नु भएकाे थियाे । विदेशीले घाँस देखाएको भरमा प्रधानन्यायाधिस जवराले वर्तमान व्यवस्थालाई ध्वस्त बनाई असंवैधानिक, निरंकुश, निर्दलीय कदम चाली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाई कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमाधेस जारी गरेसँगै संघ आन्दोलनमा उत्रिएको हो । तत्कालिन समयमा मुलुक र जनताको रक्षाको निम्ती संघका इन्चार्ज बस्नेतको नेतृत्वमा गठन गरिएको युथ फोर्सलाई आजदेखी नै व्युँताएको छ ।

No description available.

सेट्रिङको भरमा सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको आरोप लगाउँदै संघले दलाली, भ्रष्टाचारी, माफिया, राष्ट्रघाती, जनविरोधी प्रधानन्यायाधिस जवराको हर्कतलाई जनताले एक एक गरेर हिसाव किताव खोज्ने चेतावनी दिएको छ । मुलुकलाई अस्थिरताको बाटोमा लैजान खोज्ने तथा दोस्रो खिलराज बन्न खोज्ने चोलेन्द्रले सपना नदेख्न समेत संघले चेतावनी दिएको छ । प्रधानन्यायाधिस राणाले आफ्नो थर अनुसारको इतिहासलाई दोहोर्याउन खोजेको भन्दै उक्त दिवा सपना नदेख्न समेत चेतावनी दियो ।

No description available.

संघका कार्यकताहरुले ‘चोलेन्द्र तेरो पाराले, दुःख पाए साराले’, ‘चोलेन्द्र चोर, अदालत छोड’, ‘अदालत डलरमा विक्न पाइँदैन, राष्ट्रघाती कदम चाहीदैंन’, ‘केपी ओली जिन्दावाद’, ‘संविधान मिच्न पाईदैन, राष्ट्रघाती कदम चाहिँदैन’, ‘वैदेशिक हस्तक्षेप मुर्दावाद’, ‘विदेशी दलाल होसियार’ लगायतका नाराहरु लगाईएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस