• २०८३ बैशाख ५ गते शनिवार

ज्वाला संग्रौलासहित ४ जना धरौटीमा रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । ‘सामाजिक अभियन्ता’ टिका संग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले टिका संग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइवा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।


मंगलबार अदालतको आदेशपछि उनीहरु धरौटी तिरेर छुटेका हुन । अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । असार ६ मा पक्राउ परेका संग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको फेला परेको थियो । सो कसुरमा संग्रौलाका पति हिमाल प्रसाद उपाध्यायलाई अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ । अदालतले बुझाएको धरौटी बुझाएर चारैजना रिहा भएका छन् । संग्रौलाले महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस