असार २९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्न लागेको छ। सर्वोच्च अदातले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बदलिएको राजनीतिक परिदृश्यबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजे बैठक बोलाइएको हो ।
माओवादी केन्द्र देउवा नेतृत्वको सरकारमा पनि सहभागी हुने भएको छ। बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा पनि छलफल हुने जनाइएको छ । माओवादी केन्द्रका सबै सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।