• २०८३ जेष्ठ २३ गते शनिवार

उदयपुरमा जीप दुर्घटना एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३०, उदयपुर । उदयपुर ताप्ली गाउपालिका ४ मा वोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन्। गत शनिबार साझ लहानबाट लखनडाँडा तर्फ मिल बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको वोलेरो गाडी उदयपुर ताप्ली गाउपालिका ४ स्थित पोखरीको कच्ची सडक खण्डमा अनियन्त्रीत भई दुर्घटना हुदा उक्त गाडीमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्ला सिन्धुली दुधौली नगरपालिका १० निवासी ६० बर्षिय इन्द्र बहादुर वि.क रहेका छन । दुर्घटनामा चालक सहित ३ जना घाईते भई उपचारको लागि कटारी तर्फ लागिएको प्रहरीले जनाएको छ।

घाईते मध्ये २ जना लाई थप उपचारको लागी बिराटनगर लगेको छ भने एक जना को अवस्था सामान्य रहेको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस