जेठ २९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

स्विजरल्याण्डका लागि खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए भने खेलको ७४ औं मिनेटमा वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो । खेलको ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनी अफसाइट रहदा उनको गोलले मान्यता पाएन ।
यस बराबरीसँगै समूह ए मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् ।