• २०८३ बैशाख ११ गते शुक्रवार

फिनल्याण्डको ऐतिहासिक जित, डेनमार्कलाई १-० गोल अन्तरले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, एजेन्सी । फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो ।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए ।

युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो जित हो । जितसँगै समूह बी को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस