• २०८३ मङ्सिर २ गते मङ्गलवार

उपत्यकामा तीन हजार ५६२ जनामा सङ्क्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका हुन ।।

मन्त्रालयका अनुसार काठमाडौंमा हाल ३१ ह्जार ७३, ललितपुरमा छ हजार ८४० र भक्तपुरमा चार हजार ७५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख २४ हजार ४५२ जना, ललितपुरमा १९ हजार २१५ जना र भक्तपुरमा दश हजार ६१४ जना कोरोनामुक्त भएका छन् । काठमाडौंमा हालसम्म एक हजार सात जना, ललितपुरमा २७२ जना र भक्तपुरमा २०१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस