फागुन १, बुटवल। उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई ‘लालगद्धार’ भएको आरोप लगाउनुभएको छ । शनिबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समिति बुटवलद्वारा आयोजित राष्ट्रिय भेलामा सम्बोधन गर्दै मन्त्री भट्टले प्रचण्डले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘वर्षौंदेखि प्रचण्डकै पछि९पछि लागेर मुलुकका लागि जनयुद्ध लड्यौँ । कैयौँले ज्यान गुमाए । तर, अहिले ती सबै बिर्सेर प्रचण्ड सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो । त्यसपछि छलफल नै नगरी पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति गद्धारी गरेपछि उहाँको साथ छाडेर केपी ओलीलाई साथ दिएको बताउँदै मन्त्री भट्टले यदि त्यहिँ प्रवृत्ति ओलीमा पनि देखिए साथ छाड्ने बताउनुभयो । प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोकामात्र नदिएर प्रचण्डमा सामन्ती प्रवृत्ति हावी भएको पनि मन्त्री भट्टले स्पष्ट पार्नुभयो ।