मंसिर २६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या ८ लाख २४ हजार १ सय ५३ जना पुष्टी भएको हो ।

थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै थप २३४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।आज देशभरी ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् ।