• २०८३ असार १३ गते शनिवार

भेरी अस्पतालमा कोरोनाबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत आज एक जनाको मृत्यु भएको छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.१० को ४२ वर्षिय पुरुषको मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन । कोरोना संक्रमण पछि उनलाई मंसिर २५ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा आइतबार विहान ५ बजे मृत्यु भएको वलीेले बताए । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारका लागि आएका ४ सय ३६ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस