मंसिर २६, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि जारी छ । बैठक हिजोबाट भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा सुरू भएको थियो । हिजोको बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचन आयोगले प्रमाण पत्र दिएको थियो ।

त्यस्तै सल्लाहार परिषद्को अध्यक्षमा अमृत बोहरालाई नियुक्त गरिएको थियो भने विधान सम्पादन र नियमावली संशोधनका लागि तीन सदस्यीय कार्यदल बनाइएको थियो । आजको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठनका साथै नेताहरूको कार्यविभाजनबारे निर्णय हुनेछ ।