मंसिर २६, काठमाडौं । जेसीआइ काठमाडौं लेडी को ४३ औं बार्षिक साधारण सभा तथा २६ औं शाखा अधिबेशन लुना रेस्टुरेन्ट, ठमेलमा सम्पन्न भएको छ। १९७८ मा स्थापना भएको जेसीआई काठमाडौं लेडी सामाजिक सस्थाको शुक्रबार विशेष कार्यक्रम गरि वार्षिक साधारण सभा र शाखा अधिवेशन सम्पन्न गरिएको हो ।

सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व बिकास गर्न सहयोग पुर्याउने यस संस्थाको मुख्य उदेश्य रहेको छ । स्थापनाकालदेखि नै सामाजिक, आर्थिक तथा समय अनुरुप नेतृत्व र व्यक्तित्व बिकास आदि विभिन्न क्षेत्रहरुमा विभिन्न कार्यहरु सफलता पुर्वक सम्पन्न गर्दै आइरहेको छ ।
२०२१ का अध्यक्ष जेसी रिन्कु बजाचार्य श्रेष्ठज्युको सभापतित्वमा प्रमुख अतिथि अतिथी बक्ता अधिवक्ता सपना मल्ल प्रधान, अतिथि जेसीआई काठमाडौं लेडीका १९९९ का अध्यक्ष साथै २००० का जेसीआई भिपी सेन कृति तुलाधर हुनुहुन्थ्यो। आस्था पाठ नि(बर्तमान अध्यक्ष जेसी नगिना नकर्मीले गर्नु भएको थियो भने,स्बागत मन्तब्य २०२१ का कार्यकारीणी उपाध्यक्ष जेसी सुनिता राजभण्डारीले गर्नु भएको थियो ।
यस्तै बर्षभरीको कार्यक्रम को रीपोर्ट २०२१ का महासचिव जेसी सोनी श्रेष्ठले पढेर सुनाउनु भएको थियो भने अतिथी वक्ताले महिलाको हक,हित र अधिकार सम्बन्धि एक्दम महत्त्वपूर्ण भनाइ राख्नु भएको थियो। २०२१ का अध्यक्ष ज्युले आफ्नो छोटो मिठो भनाइ साथै बर्ष भरी को कार्यक्रम को विवरण सुनाउनु भएको थियो। विषय निर्देशक जेसी शिल्भि नकर्मि ज्युले धन्यवाद मनत्ब्य भन्नुभएको थियो।
काठमाडौं लेडी को ४३औ बार्षिक साधारण सभा तथा २६ औ शाखा अधिबेशन २०२१ का सभापतित्व जेसी रिन्कु बजाचार्य श्रेष्ठ, निर्वाचन आयुक्त कमिटीमा २०१६ का अध्यक्ष सुनिता श्रेष्ठ साथै सहयोगीमा २०१७ का अध्यक्ष सजना नकर्मीबाट सर्बसम्मत २०२२ का लागि नयाँ बोर्ड चिनिएको थिए जस अन्तर्गत अध्यक्ष सोनी श्रेष्ठ, कार्यकारीणी उपाध्यक्ष सबिना श्रेष्ठ, मिलि श्रेष्ठ, शर्मिला नकर्मी, महासचिव कमला गुरुङ प्रधान र कोषाध्यक्ष शिल्भि नकर्मि र उपाध्यक्षहरुमा स्वेच्छा रन्जित, शाइना तामाराकार, सबिना महर्जन श्रेष्ठ, दिल शाहि, माला थाहा मगर र शान्ता भट्टराई चयन गरिएको छ ।