• २०८३ जेष्ठ २७ गते बुधवार

२२ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं । प्रहरीले काठमाडौँको चौमती र दक्षिणकालीबाट २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित सञ्जीव देउलाको घरमा तास खेलिरहेका ८ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

यसैगरी, दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलबाट ४५ वर्षीय राजेन्द्र श्रेष्ठ सहित १४ जनालाई पक्राउ गरिएको छ । चौमतीको जुवा खालबाट ४७ हजार नगद र ३ बुक तास बरामद गरेको छ । यता दक्षिणकालीबाट ८६ हजार ७ सय ४० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस