कात्तिक २६, काठमाडौं । आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।