• २०८३ बैशाख ३० गते बुधवार

महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमको पहिलो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं, महेन्द्रनगर र इटहरीको प्रशिक्षण सुरु भएको जनाएको छ ।

क्यानले नेपाली टिमको तीन फरक स्थानमा प्रशिक्षण सुरु गरेको हो । काठमाडौंको प्रशिक्षण शुक्रबार सकिने क्यानले जनाएको छ । महिला टोलीको प्रशिक्षण महेन्द्रनगरमा आज आइतबार सुरु भएर १८ सेप्टेम्बरसम्म चल्नेछ । यस्तै इटहरीमा सेप्टेम्बर २३ देखि २९ सम्म प्रशिक्षण हुने क्यानले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस