• २०८३ बैशाख ४ गते शुक्रवार

तीन वर्षकी बालिका मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, गुल्मी । गुल्मीमा ३ वर्षकी बालिक मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर-२ भेडिखोर निवासी ३ वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रदास पाण्डेले जानकारी दिनुभयो ।

बालिक हिजो बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आज बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५ सय मिटर पर खोल्सामा मृत फेला पारेको -डिएसपी पाण्डेले बताउनु भयो ।

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरिक्षकक सहितको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस