• २०८३ जेष्ठ १६ गते शनिवार

चीनसँगको सिमा विवादबारे अध्ययन गर्न सरकारी टोली हुम्ला पुग्यो, १३ सिमा स्तम्भको अध्ययन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । चीनसँगको सिमा विवादबारे अध्ययन गर्न सरकारले बनाएको अध्ययन टोली हुम्लाको सिमकोट आइपुगेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वो सात सदस्यीय टोली हिजो हुम्ला पुगेको हो ।

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने बताईएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिनुभयो ।

गत वर्ष हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो ।

तर तत्कालिन ओली सरकारले चिनले बनाएका संरचना उसकै भूमिमा परेको र नेपालको सिमा नमिचिएको दावी गरेको थियो । ओली सरकारको निर्णायमा असहमती जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिती बनाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस