• २०८३ असार १२ गते शुक्रवार

बाँके जमुनाह प्रहरीले ८५ तोला चाँदी कपडा सहित १ जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ठूलो मात्रमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुका मुगुम कार्मारोङ गाउँपालिका ६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख पूर्ण खत्रीले जाकनारी दिए ।

रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपाने बताए । बरामद गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको डिएसपी न्यौपानेले बताए ।

‘नाकामा शंकास्पद भएपछि चेकजाँच गरेका थियौं,’ ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सइ खत्रीका अनुसार कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो ।’ भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको बाँके प्रहरी प्रबक्ता डिएसपी न्यौपानेले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस