असार २८, काठमाडौँ । राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गरेकी हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को २०७८/०३/२८को सिफारिसमा राष्ट्रियसभाको चालू अधिवेशन २०८७ साल असार २८ गते सोमबार दिन १२ बजे देखि अन्त्य भएकाले मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक समेत स्वत: अन्त्य भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ३ को उपनियम (२) बमोजिम प्रतिबन्धात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’
