असार २८, कञ्चनपुर । सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका-४ बस्ने २५ वर्षीय दिनेश रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका-२ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।