• २०८३ बैशाख २२ गते मङ्गलवार

नेता बस्नेतद्वारा अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् । नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टेटसमार्फत अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला कार्यकर्तालाई आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाक बिरुद्ध बिरोध जनाउ ।आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन । निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन ।

ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ । युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं ।

Sharing

प्रतिक्रिया दिनुहोस