• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, बारा । जितपुरसिमरा उपमहानगरपालिका(७ टेडारोडबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७२ ट्याब्लेट र एकसय एमएलको अनरेक्स ५ बोतल सहित पर्सा वीरगंज महानगरपालिका-२ बस्ने २५ वर्षीय ग्यासुदिन मियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पर्साबाट जितपुरतर्फ आउँदै गरेको बा.१५ प १७५२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस