• २०८३ बैशाख ११ गते शुक्रवार

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, नवलपरासी  (पूर्व) । मध्यबिन्दु नगरपालिका ८ भाग्राबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यबिन्दु नगरपालिका-८ भाग्राका ४० वर्षीय पूर्ण बहादुर तामाङ समेत ७ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

उक्त ठाउँमा तास खेलिरेहको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ६९ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आजै काठमाडौं महानगरपालिका-१६ बहतीपोखरीमा रहेको फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस