• २०८३ जेष्ठ २७ गते बुधवार

जसपा नेपालको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)नेपालको बैठक बस्ने भएको छ । सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई लाग्नुभएको छ भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बसेर ओलीलाई सघाइरहुनभएको छ ।

एउटै पार्टी यसरी विभाजित भएका कारण राजनीतिक संक्रमण झन् लम्बिने देखिएकै बेला बुधबार जसपा नेपाल पदाधिकारीको बैठक बस्ने भएको छ । पार्टी पदाधिकारीको बैठक बोलाउन प्रयास गरिरहेका अध्यक्ष भट्टराईले सुरुमा अध्यक्ष ठाकुरसँग आफैले छलफल गर्नुहुने भएको छ । दुईजना बीचको छलफल सकिएपछि पदाधिकारीको बैठक बस्ने बताइएको छ ।

डा.भट्टराईले यसअघि प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाका नेतृत्वमा सरकार बनाउने पहल गर्नुभएको छ । जसपा नेपालका ३२ जना सांसदमध्ये ओलीको पक्ष र विपक्षमा १६–१६ जना सांसद छन् । माओवादी केन्द्र, काँग्रेस र जसपा गठबन्धनको सरकार बनाउन थप १२ सांसदको समर्थन आवश्यक छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले तीन दलीय गठबन्धनलाई नसघाएसम्म नयाँ सरकार बनाउने सम्भावना कम देखिन्छ । जसपा नेपालबाट सर्वसम्मतिले एउटै निर्णय गरेर यो राजनीतिक समस्याको निकास दिन पदाधिकारी बैठक बस्न लागेका जसपा नेपालका एकजना पदाधिकारीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस