• २०८३ जेष्ठ २४ गते आइतवार

भारतमा देखिएको भाइरस जटिल प्रकारकोः डब्लुएचओ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २्९, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारतमा देखिएको कोभिड–१९ को भाइरसलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्लुएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताउनुभयो । उहाँले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताउनुभयो । भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ ।

यसबाहेक बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्लुएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ । कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।

https://khabar24nepal.com/05/12/2021/70827

Sharing

प्रतिक्रिया दिनुहोस