• २०८३ मङ्सिर ४ गते बिहिवार

लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, उदयपुर । त्रियुगा नगरपालिका-११ बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १४ हजार ३५ रुपैयाँ र ब्राउन सुगर सेवन गर्न प्रयोग हुने सिक्का सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-११ मेन चोकमा उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चानदेवबाट नियन्त्रित लागूऔषध १४ ट्याब्लेट रेगास्टर, ८७ ट्याब्लेट कपट्याब, १० ट्याब्लेट नाइट्राभेट, २ ग्राम २० मिलिग्राम खैरो धुलो पदार्थ र २ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो पदार्थ सहित शुल्लाफाटा नगरपालिका-१० झलारी बस्ने २१ वर्षीय प्रकाश ठगुन्ना सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित शिव भक्त मिश्रको पसल अगाडिको २ वटा बेन्च चोरी गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस