• २०८३ जेष्ठ ९ गते शनिवार

प्रहरी कार्यालय मुगमा ६ महिनामा ७२ मुद्धा

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

फागुन २८, मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले ६ महिनामा ७२ वटा मुदा परेका छन् । शुक्रवार जिल्लाका सञ्चारकर्मीहरु सँग भेटघाठ तथा छलफल गर्दा जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा जिप्रकाले यस्तो जानकारी प्रदान गरेको हो ।


६ महिनाको अवधिमा यति ठुलो संख्यामा मुदा दर्ता तथा हेरफेर गर्न सफल भएको जिप्रका मुगुले जनाएको छ । असोज महिना देखि हाल सम्म विभिन्न प्रकृतिका मुद्धाहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले प्रदान गरेको जानकारी अनुसार गत साउन बाट यो फागुन सम्म जिल्ला प्रहरी कार्यालयमा ३८ वटा मुद्धा दर्ता भएका थिए । यो अवधीमा ७२ जना प्रतिवादी विरुद्द मुद्धा चलाईएको , मुद्धा चलाईएका मध्ये ४८ जना लाई पक्राउ गरिएको , कारागार चलान गरिएका प्रतिवादी ६ जना र धरौटी तारेकमा ४३ जना रहेको प्रहरीले जनाएको छ ।


दर्ता भएका ३८ मुद्धाहरुमा कर्तव्य ज्यानमा १ , ज्यानमार्ने उद्योग ४,आत्महत्या दुरुत्सान १,अपहरण बन्धक १,जजक १,भक्यतक्य ज्यान १,लागु औषध ६,अभद्र व्यवहार ७,बहुविवाहा १,जबरजस्तिकरणी ३,सवारी भव्यतव्य ४,ज्यान सम्वन्धी १,आत्महत्या १ र विषखाएर आत्महत्या १ रहेका छन । यस्तै यो ८ महिनामा ठाडो उजुरी ११३ परेकोमा १०६ वटा उजुरी फस्यौट भएका७उजुरी फस्यौटको प्रकृयामा रहेको पनिप्रनाउ भटराईले जानकारी गराउनु भयो ।

प्राकृतिक प्रकोपबाट साउन यता जिल्लामा १ करोड २४ लाख २७हजार बराबरको धनमालको अनुमानित क्षती भएको , जसमा घर २९ , गोठ १ रहेको र मानविय क्षती २ जनाको मृत्यु भएको पनि प्रहरीले प्रस्तुत गरेको कार्यसम्पादन प्रतिवेदन उल्लेख गरेको छ ।

लागु औषध नियन्त्रणमा शुन्य सहनशिलता अपनाईनेछ डिएसपि भट्टराई 
जिल्लाप्रहरी कार्यालय मुगुले जिल्लामालागु औषध नियन्त्रणमा शुन्य सहन शिलताको निती अपनाउने भएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्राईले अबप्रहरीले लागु औषध नियन्त्रणमा यस्तो निती अवलम्वनगर्ने बताउनु भएको हो ।

पछिल्लो समयमाजिल्ला सदरमुकाम गमगढीमा स्थलतथाहवाई मार्गको प्रयोग गदै लागु औषधभित्राईने गरिएको सुचना प्राप्त भएकाले अब प्रहरीले जिल्लालाई लागु औषधबाट जोगाउन चेक जाचमा कडार्ई गर्ने र यस्ता खाले मुद्धामा कसैलाई क्षम्य नगर्नेे र प्रहरी शुन्य सहनशिलताको नितीमा चल्ने उनको भनाई छ । प्रहरी सेवालाई जनमुखि र प्रभापकारी बनाउनप्रहरी संगठन भित्रआन्तरिक शुद्घिकरण अभियानचलाईएको छ यो अभियान अन्तरगत प्रहरी आचरण विपरित काम गरेका २ जना लाईप्रहरी नियमावली अनुसार कारवार्हि गरेको र उत्कृष्ट कामगर्ने ११ जनाप्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुखबाट पुरस्कृत गरिएको पनिप्रहरीले पत्रकार भेटघाट कार्यक्रममा बताएको छ ।

समुदायप्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्नविषयमा ३०१ कार्यक्रमहरु गरेर जनसमुदायहरुलाई जनचेतना दिनेका म पनिप्रहरीले गरेको छ,। जनसमुदायपहिले प्रहरी भन्दा डराउने तर्सिने,सुचना दिन आनाकानी गर्ने गर्थे समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु भएपछि जनसमुदाय र प्रहरी विचको सम्वन्धमा सुधार आएको छ अहिले प्रहरी गाँउमा पुग्दा सहयोग गर्ने, सुचनादिने गरिन्छ । यी सबै प्रहरीको आचरणमा सुधार,समुदायका लागी प्रहरी हो भन्ने बुझाउदै जादा र स्थानिय सरकारले स्थानिय क्षेत्रमागर्ने कामकारवाहीमा समन्वय र सहकार्य गर्दा प्राप्त भएका उपलब्धी भएको प्रनाउ भटुराईले भन्नुभयो समय सापेक्ष अनुसार प्रहरीलाई पनिचलाउनु पर्ने र साधन सो्रतको पनि व्यवस्था सरकारहरुले मिलाउनु पर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस