माघ ३०, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँदिल्ली जानुभएको छ । स्वास्थ्य उपचारका लागि बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट उहाँ दिल्ली जानु भएको हो ।
४ दिन दिल्लीमा रहने नेता खनालको कुनै पनि राजनीतिक भेटघाट नरहेको खनाल निकट श्रोतले जनाएको छ । अपोलो अस्पतालमा स्वास्थ्य उपचारका जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ।