माघ ३०, काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समुहमा प्रवेश गरेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गर्नुभएको हो ।
स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्न शुभकामना समेत दिनुभयो । वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी कार्यक्रममा दिइएको थियो।