• २०८३ जेष्ठ २ गते शनिवार

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रो जलविद्युत आयोजनाको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीका अनुसार मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका छन ।

खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छन्। मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन्। राई श्रीमान-श्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालिममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लग्ने तयारी भइरहेको छ । अहिले स्थानीयबासीले खाँदबारी-किमाथाङ्का सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरूद्धसमेत पारेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस