पुस २८, काठमाडौं । छाडा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। सोमबार राति छिन्नमस्ता नगरपालिका(२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हान्दा उनको मृत्यु भएके हो ।
सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछाडिबाट गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा बाटोमै मृत्यु भएको हो ।